Madhes Khabar
खेलकुद

राेमाञ्चक खेलमा विराटनगरसगँ जनकपुर २ रनले पराजित

काठमाडौं,१७कात्तिक :काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ ।

टियु स्टेडियममा भएको खेलमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमात्रै बनायो ।

विराटनगरको जितमा आन्द्र रसेल नायक बने । आफ्नो इनिङ्समा अर्धशतक हानेका रसेलले जनकपुरको चार विकेट झारे । अन्तिम बलमा विकेट लिएर रसेलले जनकपुरलाई स्तब्ध बनाइदिए ।

जनकपुरका लागि सैफ हसनले ७१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । यस्तै, विशाल सस्लिङले ४३ तथा जिमी निशमले २७ रन जोडे ।

विराटनगरका रसेलले चार विकेट, बाहेक एन्जेलो म्याथ्युजले दुई विकेट तथा रुपेश सिंहले एक विकेट लिए ।

Related posts

काम लागेन राेहितकाे शतक, मुम्बई चेन्नईसंग पराजित

MadhesKhabar

आसिफले बनाए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नवौँ अर्धशतक

MadhesKhabar

पाकिस्तानी क्रिकेट टिम सात वर्षपछि भारतमा

MadhesKhabar

Leave a Comment