Madhes Khabar
खेलकुद

आसिफले बनाए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नवौँ अर्धशतक

काठमाडौं,२६असाेज: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत यूएईसँगको खेलमा नेपालका आसिफ शेखले टी-२० अन्तर्राष्ट्रियमा नवौँ अर्धशतक प्रहार गरेका छन्।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानको ट्रफ १ मा अहिले चलिरहेको खेलमा टस जितेर ब्याटिङ गरेको आसिफले ४५ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनी अर्धशतक पूरा गरेपछि ५१ रनमा बोल्ड आउट भए।

 

आसिफले सन् २०२१ मा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए। आसिफले ६४ खेलमा ६३ इनिङ्समा ८ वटा अर्धशतक प्रहार गरेका थिए।

Related posts

साउदी क्लब अल–हिलालमा जाने भए ब्राजिलियन फरवार्ड नेइमार

MadhesKhabar

फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

MadhesKhabar

टी-२० विश्वकपमा पाकिस्तानलाई हराएर अमेरिकाले रच्याे इतिहास

MadhesKhabar

Leave a Comment