Madhes Khabar
राजनीति हेडलाइन

रास्वपा सांसद हरि पन्त भन्छन् : भारतको विरोध गरेर राष्ट्रवादी बन्ने परिपाटी अब नेपालमा अन्त्य हुँदैछ

वीरगन्ज,१६कात्तिकःपर्सा–१ का प्रतिनिधि सभा सदस्य(सांसद) हरि पन्तले नेपालमा अब भारतको विरोध गरेकै कारण राष्ट्रवादी बन्ने परिपाटी अब अन्त्य हुँदै गएको बताएका छन्।

वीरगन्जमा आइतबार बेलुकी भारतीय महावाणिज्यदूतावासद्वारा आयोजित बन्दे मातरमको १५० ओैं वार्षिकोत्सब समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै रास्वपा पर्साका सभापतिसमेत रहेका पन्तले उक्त कुरा बताएका हुन्।

नेपालले सधैं भारतसंगको सम्बन्धलाई उच्च महत्त्व दिदै आएको उनले बताए।रास्वपाका सांसद पन्तले भने, अब भारतको बिरोध गरेकै कारण आँफू र आँफुले नेतृत्व गरेको दललाई राष्ट्रबादी कित्तामा उभ्याउने परिपाटीको बिस्तारै अन्त्य हुदैछ । रास्वपा सरकारले चाइना कार्ड र भारत कार्डमा पनि बिश्वास गर्दैन ।उनले नेपालकोे भुमी छिमेकीहरुको विरुद्ध प्रयोग हुन नदिने पहिलेकै राष्ट्र नीतिमा रास्वपा र अहिलेको सरकार अडिग रहने स्पष्ट पारे।

उनले नेपाल र भारतबीचको सम्बन्ध सामान्य छिमेकीको जस्तो मात्र नभई अति विशिष्ट खालको सम्बन्ध रहेको बताए । दशै , दिपावली , छठ र होली जस्ता दुई देशका साझा सभ्यता, परम्परा, धार्मिक आस्था, चाडपर्व र पारिवारिक सम्बन्धले दुई देशबीचको सम्बन्धलाई अझ जीवन्त बनाउँदै आएको बताए।

भारतीय महावाणिज्यदूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मिनाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा भारतकी प्रसीद्ध लोक गायिका विजया भारतीले सांगीतीक कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

 

Related posts

पूर्वमन्त्री प्रदीप यादव पनि बने जसपा नेपालको केन्द्रिय समन्वय समिति सदस्य

MadhesKhabar

रेणु यादवद्धारा जसपा केन्द्रिय कार्यकारीणी र केन्द्रिय सदस्यबाट राजीनामा

MadhesKhabar

एमालेका वडा अध्यक्षका प्रत्याशी खुर्रम आलम काँग्रेस प्रवेश, चौरसियाले गरे स्वागत

MadhesKhabar

Leave a Comment