Madhes Khabar
राजनीति

रेणु यादवद्धारा जसपा केन्द्रिय कार्यकारीणी र केन्द्रिय सदस्यबाट राजीनामा

मधेसखबर

वीरगन्ज ,३० असार : जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

वीरगन्जमा बुधबार देखि शुरु पार्टीको केन्द्रिय समितिको बैठकमा बिहीबार मात्रै सहभागी भए पनि उनले बिहीबार नै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा पत्र बुझाउँदै केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य पदबाट राजीनामा दिएकी हुन् ।राजीनामा पत्रमा यादवले अब आफू पार्टिको कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने उल्लेख गरेकी छन् ।

राजीनामा पत्रमा यादवले लेखेकी छन् ,‘‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु।

पछिल्लो पटक अध्यक्ष यादवले संघीय सरकारमा यादव सहित रहेका आफना तीन जना मन्त्रीलाइ फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएपछि उनी असन्तुष्ट भएकी थिइन् । यादव , भौतीक पुर्वाधार विकास मन्त्री थिइन् ।

Related posts

मधेसमा आएर गगन थापाले गरे सभापतिमा उम्मेदवारी दिने घोषणा

MadhesKhabar

एमालेका वडा अध्यक्ष उम्मेद्वार सर्राफ लाेसपा प्रवेश, साेनल र श्रेष्ठले गरे स्वागत

MadhesKhabar

अमेरिकी रिपोर्ट सार्वजनिक : रवि–बालेन एकता ‘स्वार्थ प्रेरित’, भविष्यमा दरार आउन सक्ने

MadhesKhabar

Leave a Comment