Madhes Khabar
स्थानिय हेडलाइन

बाराकाे फेटामा अस्पताल उद्घाटनको विवादमा गोली चल्यो, एक युवक गम्भीर घाइते

बारा,१४ कात्तिक:बाराकाे फेटा गाअ:उँपालिका -३ मा निर्मित आधारभुत अस्पतालकाे उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् ।

संघीय सरकारले निर्माण गरेको १५ शैयाकाे अस्पताल उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले अधुराे अस्पताल उद्घाटन गर्न नहुने भन्दै प्रदर्शन गर्ने क्रममा अस्पताल परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ ।

गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका छाेरा १८ वर्षिय अदित पासवान गम्भीर घाइते भएका छन्। पेटमा गाेली लागेका उनको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।प्रहरीले लाठीचार्ज र गाेली चलाएपछि आक्राेशित स्थानीयले अस्पतालमा ताेडफाेड गर्दै १० वटा माेटरसाइकलमा आगजनी गरेकअ छन्।

 

इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताए ।

बाराको फेटा गाउँपालिका–३ मा निर्माण भएको अस्पताल उद्घाटनका विषयमा विवाद सुरु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बारा पुगेकी थिइन् ।

तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीविरुद्ध उत्रिएको स्थानीयको एउटा समूहले स्वास्थ्य संस्था उद्घाटनमा अवरोध गरेपछि विवाद सुरु भएको थियो ।

गाउँपालिका अध्यक्ष अन्सारीले भने एमाले कार्यकर्ता आफ्नो विरोधमा उत्रिएको बताएका छन् । पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना भएको उनको आरोप छ ।

Related posts

लालबाबु नेतृत्वको प्रदेश सरकारले वीरगन्ज विकास प्राधिकरणको नाममा २५ करोड अनियमितता गरेको पटेलकाे आराेप

MadhesKhabar

वीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन

MadhesKhabar

वीरगन्जको मेनरोडमा डोजर चलेपछि पीडित घरधनी र व्यपारीहरु आन्दोलित : ९/९ मिटरमात्रै चौंडा गर्न माग

MadhesKhabar

Leave a Comment