वीरगन्ज,११ कात्तिकःपर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ छोट्की पिडारीमा छठ घाट निर्माण कार्य सुरु गरिएको छ । बुधबार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले उक्त छठघाटको निर्माण कार्यको हिन्दु धर्म रितिरिवाज अनुसार पूजापाठ गरेर शिलान्यास गरेका हुन् ।
गाँउपालिकाको आफ्नै १० लाख रुपैयाँको बजेट लागतबाट व्यवस्थित छठघाट निर्माण गर्न लागिएको हो । छोट्की पिडारीका हिन्दु धर्मावलम्बीहरुलाई छठ पूजा मनाउन सहजता होस् भन्ने उदेश्यले गाँउपालिकास्तरीय बजेटबाट व्यवस्थित छठघाट निर्माण गर्न थालिएको गाँउपालिका अध्यक्ष यादवले बताए । उनले चाडपर्वले धार्मिक आस्था, संस्कृति र सामाजिक एकतालाई अझ मजबुत बनाउने बताए ।
शिलान्यास कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष लक्ष्मी साह तेली लगायतकाकोपनि विशेष उपस्थिति रहेको थियो।

