Madhes Khabar
शिक्षा

पोखरियाका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

वीरगन्ज,१४ असोजःपर्साको पोखरिया नगरपालिका–३ बसन्तपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। चाइना फाउन्डेसन फर रुरल डेभलप्मेन्ट र न्यू लाइट फाउन्डेसनको सहयोग तथा नयाँ जनशक्ति युवा क्लब र लायन्स क्लब अफ पोखरियाको समन्वयमा विद्यार्थीहरुलाई स्कुल ब्याग, स्टेशनरी तथा विभिन्न खेलकुद सामग्री वितरण गरिएको  गरिएको हो ।

वडा अध्यक्ष रामप्रवेश चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले बालबालिकाको शिक्षा, स्वास्थ्य र खेलकुद विकासमा सहयोग गर्नु समाजको साझा दायित्व भएको बताए। उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालका प्रतिनिधि कवित कुमार नेपाल , न्यू लाइट फाउन्डेसनका तर्फबाट आसिफ हसन, सशस्त्र प्रहरी नाउब उपरीक्ष सञ्जय रेग्मी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भानुभक्त अर्याल, नयाँ जनशक्ति युवा क्लबका अध्यक्ष रामबाबु चौहान, लायन्स क्लबका कृष्णा पटेल, मनोज साह कानु लगायतकाको पनि सहभागिता रहेको थियो।

Related posts

मेयर सिंहकाे आश्वासनपछि धमाधम सरुवाकाे पत्र बुझ्दै शिक्षकहरु

MadhesKhabar

मनिहर्वाको विद्यालयमा थारुको अध्यक्षतामा ब्यवस्थापन समिती गठन

MadhesKhabar

मनोज ग्यास प्रालिद्वारा वीरगन्जको सरकारी विद्यालयमा आर्थिक सहयोग

MadhesKhabar

Leave a Comment