वीरगन्ज,२ असोज : वीरगन्जमा असोज १० गतेदेखि हुने जनमत पार्टीको दोस्रो महाधिवेशनका लागि केन्द्रिइ अध्यक्षमा डा. सिके राउतको मात्रै उम्मेदवारी परेको छ। दोस्रो महाधिवेशनका लागि जनमत पार्टीले अध्यक्षमा राउतसहित १०३ जना उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।
पार्टी निर्वाचन समितिका अनुसार उपाध्यक्षका लागि १४, महासचिवका लागि ३ र र राष्ट्रिय उपमहासचिवमा २ जनाको उम्मेदवारी परेको छ।सचिवका लागि १० र केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि ७३ जनाको उम्मेदवारी परेको छ।
शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४ गते १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने र ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।



