Madhes Khabar
राजनीति

कांग्रेस निकट कारखाना श्रमिक संघकाे बारा अध्यक्षमा यादव चयन

मधेसखबर
वीरगन्ज ,८चैत : नेपाल कारखाना श्रमिक संघकाे बारा जिल्ला अध्यक्षमा अरुण प्रसाद यादव सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेस निकट संघकाे बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा यादव सर्वसम्मत चयन भएका हुन् ।

यस्तै संघमाे उपाध्यक्षमा रामबाबु प्रसाद कुर्मी र माया ढुंगाना तथा सचिवमा रुपेश यादव पनि सर्वसम्मत चयन भएका छन् ।

सहसिचवमा दिपनारायण साह , काेषाध्यक्षमा सुजित साह तथा सदस्यहरुमा सुरेन्द्र महताे, सिकेन्द्र सहनी, प्रमाेदलाल साह, भरत सेढाई ,पुनदेव पण्डित,गान्धी प्रसाद र राजेन्द्र राउत पनि सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनबाट संघकाे १३ सदस्यीय जिल्ला कार्यसमित नै सर्वसम्मत चयन गरिएकाे मजदुर नेता लक्ष्मण प्रसाद कुर्मीले जानकारी दिए ।

Related posts

वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु

MadhesKhabar

फागुन २१ को निर्वाचनपछि मुलुकले पहिलो मधेसी प्रधानमन्त्री पाउँदैछ : रास्वपा सभापति पन्त

MadhesKhabar

भुटानी शरणार्थी प्रकरणका दोषी कुनै पनि हालतमा छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

Leave a Comment