Madhes Khabar
राजनीति

संसदमा प्रधानमन्त्री बालेनको जवाफ : ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौँ

काठमाडौं,१७ जेठःप्रधानमन्त्री बालेन शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका कारणले काठमाडौं उपत्यकाको खोला किनारका सुकुम्वासीहरुलाई हटाइएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले यस्तो जवाफ दिएका हुन् ।

‘खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसेकाले काठमाडौं उपत्यकाका सुकुम्वासीलाई अर्को ठाउँमा सार्ने काम गरिएको हो। चार वर्षअघि नै म स्थानीय सरकारमा हुँदा संघीय सरकारलाई यसबारे भनेको हो । एकधुर पनि जग्गा नभएकालाई होल्डिङ सेन्टरमा राखेर अब जग्गा दिन्छौँ’, उनले भने, ‘विगतका वर्षहरूमा बाढी आउँदा उनीहरूलाई ठूलो समस्या थियो। सुकुम्वासी बस्तीबाट खोलामा सिधै शौचालय र ढल पठाइन्थ्यो ।’

उनले खोला–नदी पनि फोहोर भएकाले हटाइएको बताए । ‘खोला पनि फोहोर भएको थियो । सुकुम्वासीको ज्यान बचाउने काम गरेको हो सरकारले। हटाइएका सुकुम्वासीका लागि जग्गा व्यवस्थापन हुन्छ । भूमिसम्बन्धी समिति पनि बनेको छ’, उनले भने।

प्रधानमन्त्री शाहले पुराना दलहरूतिर लक्षित गर्दै ३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखोज्न सुझाए । ‘३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखौजौँ’, उनले भने, ‘सुकुम्वासी व्यवस्थापन हुँदैछ। हामी यसलाई समय लिएर टुंग्याउँछौँ ।’

उनले सहकारीको समस्या समाधानका लागि काम भइरहेको बताए । ‘सहकारीको पनि कोष खडा गरिएको छ। नेपाल सरकारको मात्रै पैसा गएको देखिन्छ’, उनले भने, ‘सहकारीबाट तीन करोड पैसा उठाइएको थियो । सहकारीबाटै पैसा उठाएर दिने हो ।’

Related posts

महाधिवेशन नगरी कांग्रेस चुनावमा जाँदैन : महामन्त्री गगन थापा

MadhesKhabar

नयाँ-पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन- मेयर बालेन

MadhesKhabar

पर्साकाे छिपहरमाईमा कांग्रेस र जसपाका २५० बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment