Madhes Khabar
राजनीति

पर्साकाे छिपहरमाईमा कांग्रेस र जसपाका २५० बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

वीरगन्ज,७पुष:पर्साको छिपहरमाई गाउँपालिकामा शनिबार आयाेजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय ५० भन्दा बढी व्याक्ती नेकपा एमालेमा प्रवेश गरेका छन्।

छिपहरमाई गाँउपालिका वडा नम्बर ३ जयमंगलापुरमा आयाेजित कार्यक्रममा नेपाली कांग्रेस, जसपा लगायतका पार्टी परित्याग गरी दुई सय ५० भन्दा बढी व्याक्ती एमालेमा प्रवेश गरेका हुन्।

जसपाका धुरेन्द्र साह,पुर्व शिक्षक भरत साह कानु नेपाली कांग्रेसका सुदिप महतो केवट, सगिर मियाँ,अनिल साह,कपिलदेव यादव,नरेश यादव लगायत गरी दुई सय ५० जना एमालेमा प्रवेश गरेको एमालेका गाँउपालिका उपाध्यक्ष किशाेरी साहले बताए ।कार्यक्रममा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रभु हजराले नवप्रवेशीहरुलाई अबीरटीका लगाएर पार्टीमा स्वागत गरे।त्यसअवसरमा नेता हजराले वर्तमान सरकारलाई कुपोषण लागेको सरकारकाे संज्ञा दिदैं अहिलेकाे सरकारबाट जनताले कुनै आश नगरे हुने बताए ।वर्तमान सरकार भ्रष्टाचारमा मात्र लिप्त रहेकाे भन्दै हजराले अब देश र जनतालाई बचाउने पार्टी नेकपा एमाले मात्र भएकाे जिकिर गरे।

एमाले छिपहरमाई गाउँपालिका कमिटि उपाध्यक्ष किशोरी साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका जिल्ला ईन्चार्ज डा.विश्वम्भर शार्मा , संविधान सभा सदस्य जयप्रकाश थारु , एमाले नेता जालिम मियाँ,एमाले जिल्ला सचिव एंव छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता लगायतलेपनि सम्बाेधन गरेका थिए।

Related posts

माओेवादी पार्टी फुट्दैछ,प्रचण्ड सरकारपनि चाँडै ढल्छ : उपेन्द्र यादव

MadhesKhabar

सय सिटको अडानमा काँग्रेस

MadhesKhabar

बारा २ काे पहिलाे अपडेट: उपेन्द्र यादवलाई सुरुवाती अग्रता

MadhesKhabar

Leave a Comment