Madhes Khabar
समाज

तीजको अवसरमा वीरगन्ज कारागारमा महिला कैदीबन्दीहरुलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण

वीरगन्ज,२६भदाैं:हरितालिका तीजको अवसरमा वीरगन्ज कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई खाद्यान्न तथा व्याक्तिगत स्वास्थ्य र सरसफाइ सामग्री वितरण गरिएको छ।

लायन्स क्लब अफ वीरगन्ज मिलेनियम एमजेएफ र लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रलले कारागारका महिला कैदीबन्दीहरुलाई खाद्यान्न तथा व्याक्तिगत स्वास्थ्य र सरसफाइ सामग्री वितरण गरिएको हाे।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगतप्रसाद कानुले तीजको अवसरमा महिलाहरूलाई लक्षित गरी गरिएको सहयोग तथा सामाजिक सेवामूलक कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए।

लायन्स क्लब अफ वीरगन्ज मिलेनियम एमजेएफका अध्यक्ष वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रलकी अध्यक्ष मिनाक्षी गुप्ताको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोशन गुप्ता, डी.एन. अग्रवाल, सुशील चाचान, विनोद खण्डेवाल, वीरगन्ज कारागारका सुरक्षा प्रमुख प्रदीप जैसवाल,जेलर सुनिल चौरसिया लगायतकाको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका लागि आवश्यक सम्पूर्ण खर्चकाे व्यवस्थापन लालबहादुर थिङकी छोरी तथा अस्ट्रेलियामा बस्दै आएकी इनु थिङले गरेकी थिइन्। कार्यक्रमको सञ्चालन लालबहादुर थिङले गरेका थिए ।

Related posts

१५० बर्ष पुरानो वस्ती पर्साको शिकारीबास :जहाँका गाँउले विकासका लागि अझै खोज्दै छन् सरकार

MadhesKhabar

वीरगन्जमा दलित विद्यार्थीका लागि दलित छात्रावास निर्माण गर्ने मेयर सिंहकाे घाेषणा

MadhesKhabar

छोराको जन्मदिन दलित वस्तीमा मनाउदै साहले मुसहरलाइ कम्बल बाँडे

MadhesKhabar

Leave a Comment