Madhes Khabar
समाचार

११ औं दिनमा फेरि चमत्कार : बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

काठमाडौं,२० भदौं :नुवाकोटको बेत्रावतीमा भदौ १० गतेको विनाशकारी बाढीले पुरिएको चारतल्ले घरबाट आज (शनिबार) एक बृद्ध महिलाको जीवितै उद्धार गरिएको छ।

विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा पुरिएको आनन्द श्रेष्ठको घरको भग्नावशेषबाट आज  ६० वर्षीया चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरीसहितको उद्धार टोलीले जीवितै उद्धार गरेको हो। ११ औं दिनपछि भग्नावशेषभित्रबाट श्रेष्ठलाई जीवितै निकालिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा गएको ९ सदस्यीय टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गर्ने क्रममा आज श्रेष्ठलाई फेला पारेको हो।

उद्धारपछि ती महिलालाई सकुशल बाहिर निकालिएको र आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि पठाइएको सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्टले जानकारी दिए ।

Related posts

बारामा बेवारिसे अवस्थामा भेटियो बाेलेरो जिप

MadhesKhabar

बारामा लागूऔषध अफिमसहित दुई जना पक्राउ

MadhesKhabar

वीरगन्जको बाल सुधार गृहमा कैदीबन्दीलाई धम्क्यार १० लाख बढी रकम असुल्ने चाैकीदार गुप्ता पक्राउ

MadhesKhabar

Leave a Comment