Madhes Khabar
समाचार

बारामा तीनवटा माेटरसाइकल आपसमा ठाेक्किँदा चितवनका एक जनाकाे मृत्यु

बारा,१७भदाैं:बारामा भएको माेटरसाइकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बा.प्र–०६–००८ प ३२३० नम्बरको मोटरसाइकलका चालक चितवनकाे भरतपुर महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रन्जन शर्मा रहेका छन।

बाराकाे जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे पुल नजिक सडकमा बुधबार दिउँसो १ बजे बा.प्र.०६–००८ प ३२३० नम्बरको मोटरसाइकल, ग १४ प २४१ नम्बरको मोटरसाइकल र ग १६ प ५७८१ नम्बरको मोटरसाइकल एक आपसमा ठाेक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका शर्माको एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य २ वटा मोटरसाइकलका चालकहरूको एल एस न्युराे अस्पतालमै उपचार भइरहेको छ ।

Related posts

तस्करीको सामान बोकेको आशंकामा वीरगन्जबाट ट्रक र ट्याक्टर प्रहरी नियन्त्रणमा

MadhesKhabar

जेनजी आन्दोलनमा नक्खु कारागारबाट फरार कैदी ६ महिनापछि पर्सामा पक्राउ

MadhesKhabar

पर्साको शंकरसरैयाको बाँसघारीबाट गाँजासहित एक बृद्ध पक्राउ

MadhesKhabar

Leave a Comment