Madhes Khabar
समाचार

वीरगन्जको एक घरबाट सुनचाँदीकाे गरगहना चाेर्ने बाराका दुई युवक पक्राउ

वीरगन्ज,१७भदाै:वीरगन्जको एक घरबाट सुनचाँदीकाे गरगहना चाेरी गर्ने बाराका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेकोे छ।पक्राउ पर्नेमा बाराकाे सिम्राैनगढ नगरपालिका-१० देवापुर टेटाका २० वर्षीय अर्जुन यादव र उनका साथी २० वर्षीय ओमप्रकाश यादव रहेका छन्।

प्रहरीका अनुसार, बाराकाे काेल्हबी नगरपालिका-१० घर भई हाल वीरगन्ज-१५ मा डेरा लिई बस्दै आएकी आरती कुमारी चाैधरीकाे काेठामा भदाै १४ गते दिउँसो काेहिपनि नभएका बेला ढाेकाकाे ताल्चा फाेडेर गरगहना चाेरी भएको थियाे।

त्यसपछि उक्त घटनाकाे अनुसन्धानमा जुटेको प्रहरीले उक्त चनेरीकाे घटनामा संलग्न रहेकाे आराेपमा यादवद्वयलाई पक्राउ गरेकोे हाे।ती दुवै जना पनि चाैधरी बस्दै आएका घरकै छेउमा डेरा लिएर बस्दै आएका थिए।

पक्राउ गरिएका दुवै जनालाई प्रहरीको हिरासतमा राखेर उनिहरुविरुद्ध चाेरी तथा डाँका कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

Related posts

नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अपरिचित पुरुषको शव फेला

MadhesKhabar

पथलैयामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

MadhesKhabar

बार एशोसियसनको स्थापना दिवसमा वीरगन्जमा पनि निकालियो प्रभातफेरि

MadhesKhabar

Leave a Comment