
बारा,९भदौं : बाराको पथलैयामा आइतबार दिउँसो कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको कर्मैया–९ का ३५ वर्षीय मानबहादुर प्रधान रहेको प्रहरीले जनाएको छ।
हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको बा५८प ४१४५ नम्बरको मोटरसाइकललाई बीएबी ५०३५ नम्बरको कारले ठक्कर दिएको हो ।
कारको ठक्करबाट मोटरसाइकल चालक प्रधानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले कार र त्यसचालकलाई नियन्त्रणमा लिएको छ। यसअघि पथलैयामै शनिबार दिउँसोपनि मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय आदेश लामाको मृत्यु भएको थियो।

