वीरगन्ज,८ भदाैं: बारा जिल्लामा झाडापखालाका एक जना बिरामीमा हैजाकाे संक्रमण पुष्टि भएको छ।कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराटपुरकी अन्दाजी ४१ वर्षीया महिलामा हैजाकाे संक्रमण पुष्टि भएको हाे।
ती महिलाकाे दुई दिनदेखि वीरगन्ज-१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार जारी रहेकाे स्वास्थ्य कार्यालयमा कार्यरत एक स्वास्थ्यकर्मीले मधेस खबरलाई जानकारी दिए ।
गत शुक्रबारदेखि झाडापखालाबाट ग्रसित ती महिलाकाे स्वास्थ्यमा सुधार नआएपछि आइतबार नेशनल मेडिकल कलेजमा ल्याएर भर्ना गरिएको थियाे ।मेडिकल कलेजमै परीक्षणका क्रममा उनकाे दीशामा हैजा अर्थात भिब्रियाे काेलेराकाे जिवाणु भेटिएकाे पुष्टि भएको हाे।

