Madhes Khabar
शिक्षा हेडलाइन

गर्मीका कारण विद्यालयहरु १० दिनका लागि बन्द गर्ने पटेर्वासुगाैली गाँउपालिकाकाे निर्णय

वीरगन्ज ,१८ जेष्ठ : अत्याधिक गर्मीका कारण जनजिवन नै कष्टकर भएपछि पर्साकाे पटेर्वासुगाैली गाँउपालिका सबै सामुदायिक विद्यालयहरु पनि शुक्रबारदेखि १० दिनका लागि बन्द हुने भएका छन् ।

बढ्दाे गर्मीका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा प्रभाव परिरहेकाे भन्दै पटेर्वासुगाैली गाँउपालिका कार्यालयले बिहीबार एक सुचना जारी गर्दै जेष्ठ १९ देखि जेष्ठ २८ गते सम्म सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे जनाएकाे छ ।

बढ्दाे गर्मीका कारण विद्यार्थीहरुकाे स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गरि वर्षे विदामा कट्टा हुनेगरि शुक्रबारदेखि  १० दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले बताए ।

 

यसअघि वीरगन्ज महानगरपालिकाले पनि गर्मीकै कारण महानगरमा रहेका सबै विद्यालयहरु शुक्रबारदेखि जेष्ठ २६ गतेसम्म ८ दिनका लागि बन्द गर्ने निर्णय गरिसकेकाे छ ।

Related posts

अटेरी अशाेक मित्तलकाे सिद्धि टेक्सटाइल उद्योगलाई महानगरले फेरि गर्याे दण्डित

MadhesKhabar

तलब बृद्धिको माग गर्दै कर्मचारीहरुले ठाकुरराम क्याम्पसमा गरे तालाबन्दी

MadhesKhabar

स्वास्थ्य संस्थामा औषधीको कमी हुन नदिन मेयर सिंहको निर्देशन

MadhesKhabar

Leave a Comment