Madhes Khabar
शिक्षा हेडलाइन

गर्मीका कारण विद्यालयहरु १० दिनका लागि बन्द गर्ने पटेर्वासुगाैली गाँउपालिकाकाे निर्णय

वीरगन्ज ,१८ जेष्ठ : अत्याधिक गर्मीका कारण जनजिवन नै कष्टकर भएपछि पर्साकाे पटेर्वासुगाैली गाँउपालिका सबै सामुदायिक विद्यालयहरु पनि शुक्रबारदेखि १० दिनका लागि बन्द हुने भएका छन् ।

बढ्दाे गर्मीका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा प्रभाव परिरहेकाे भन्दै पटेर्वासुगाैली गाँउपालिका कार्यालयले बिहीबार एक सुचना जारी गर्दै जेष्ठ १९ देखि जेष्ठ २८ गते सम्म सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे जनाएकाे छ ।

बढ्दाे गर्मीका कारण विद्यार्थीहरुकाे स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गरि वर्षे विदामा कट्टा हुनेगरि शुक्रबारदेखि  १० दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले बताए ।

 

यसअघि वीरगन्ज महानगरपालिकाले पनि गर्मीकै कारण महानगरमा रहेका सबै विद्यालयहरु शुक्रबारदेखि जेष्ठ २६ गतेसम्म ८ दिनका लागि बन्द गर्ने निर्णय गरिसकेकाे छ ।

Related posts

बारा : बोतलभित्रै किरा भेटिएपछि नेशनल पानी उद्योगमा सिलबन्दी, पक्राउ परेका सञ्चालक रिहा

MadhesKhabar

वीरगन्जको कोनियामा नवनिर्मित विद्यालय भवनको मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करलाई संंरक्षण गरेको भन्दै नेविसंघ पर्साले माग्यो राजिनामा

MadhesKhabar

Leave a Comment