Madhes Khabar
समाज हेडलाइन

गरिमा मृत्यु प्रकरण : घटनाको पाँच दिनपछि पक्राउ परेकाको घरमा प्रहरीको खानतलासी

बारा,६ भदौं : विरोध र प्रदर्शन देशव्यापी बन्न थालेपछि तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको स्थान जाँच्न प्रहरीले घर खानतलासी गरेको छ ।

गत मंगलबार शव बरामद भएपनि प्रहरीले पक्राउ परेका प्रोग्रेस चौधरी र सुमन थापा बस्ने घर खानतलासी गर्न मानेको थिएन ।
स्थानीयले गरिमाको हत्या भएको घर प्रोग्रेसकै रहेको दाबी गर्दै खानतलासी गर्नुपर्ने बताउँदै आएका थिए । शनिबार अपरान्ह मात्रै प्रहरी हिरासतमा रहेका प्रोग्रेस चौधरीको घरमा खानतलासी गरेको हो ।

मृतक गरिमा प्रोग्रेसको घरमा आउजाउ गरिरहने भएकाले यहि घरमा बलात्कार र हत्या भएको र शव ब्यवस्थापनका लागि मात्रै शव भेटिएको खाली घरमा पु¥याइएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

गरिमा हराएपछि गत आइतबार नै उनका बुबा मनोज चौधरीले ईलाका प्रहरी कार्यालय सिमरामा प्रोग्रेस चौधरीविरुद्ध जाहेरी दिएका थिए । नातामा आफन्त पर्ने मनोज र प्रोग्रेसका छोरी समान उमेरका रहेकाले पनि गरिमा यो घरमा आउजाउ गरिरहन्थिन् ।

केही समय अघि मनोज र प्रोग्रेसको पारिवारिक झगडा परेकाले रिसइबी साँध्न प्रोग्रेसकै योजनामा हत्या भएको गरिमाका बाबु मनोजको आरोप छ ।

प्रोग्रेस सवारी चालक हुन् । उनले चलाउने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानका सह–चालक सुमन थापाले गरिमाको बलात्कारपछि हत्या आफूले गरेको स्वीकार समेत यसअघि गरिसकेको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार सुमन चालक चौधरीकै घरमा बस्ने गरेका थिए ।

गत आइतबार विहान करिब साढे ८ बजेबाट बेपता भएकी गरिमाको शव घरबाट २०० मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो ।

गाउँको बीचमै रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले शव रहेको स्थानमा तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो ।बुधबारबाट सिमरामा स्थानीयले आन्दोलन चर्काएपछी शनिबार बल्ल प्रहरीले स्थानीयको माग अनुसार चालक प्रोग्रेसको घरमा खानतलासी गरेको हो ।सुनिल गाउँले /अनलाइनखबर

Related posts

अफताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगन्जका दुवै न्यायाधीश न्याय परिषदमा तानिए

MadhesKhabar

मातृत्व जोगाउने अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सरबारे निशुल्क शिविर गर्नेलाई मुख्यमन्त्रि सिँहले दिए धन्यवाद

MadhesKhabar

वीरगन्जका बरिष्ठ पत्रकार पाण्डेको निधन

MadhesKhabar

Leave a Comment