Madhes Khabar
शिक्षा

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

काठमाडौं,११असारः शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसन गर्न छानबिन समिति गठन गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । उनीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन् ।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।साभारः रातोपाटी

Related posts

पर्साका दलितबस्तीमा बालबालिकाका लागि ‘घरदैलो शिक्षा अभियान’ सञ्चालन गर्ने तयारी

MadhesKhabar

नेशनल मेडिकल कलेजमा स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

सिमरामा पक्राउ परेका ठाकुरराम क्याम्पसका विद्यार्थी नेताहरु रिहा

MadhesKhabar

Leave a Comment