सुर्खेत,८असार:नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका छन्। उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा साेमबार आयोजित पार्टीको कार्यक्रमस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
एमालेको ‘निर्वाचन समीक्षा तथा पुनर्गठनु सम्बन्धी कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए। कार्यक्रम नसकिँदै सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैं गाडी लिएर होटल पुगेका थिए। प्रहरीलेञ जाने बेला भयो, निस्कनुस्’ भन्दै पौडेललाई होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी एमालेकै कार्यकर्ताले बताए।
एसपी पोखरेलले पौडेललाई आफ्नै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याएका छन्। सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई साेमबार नै पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
कर्णाली प्रदेशका एसएसपी सन्तोष सिंह राठौरले पनि पौडेललाई विभागको पत्रको आधारमा पक्राउ गरेको पुष्टि गरे ।

