Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जका सामुदायिक विद्यालयहरुबाट एसईईमा उत्कृष्ट अंक ल्याउने २१ जना विद्यार्थी सम्मानित

वीरगन्ज,२३ जेठ :वीरगन्ज महानगरका सामुदायिक विद्यालयहरुबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण भएका २१ विद्यार्थीहरुले शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले सम्मानित गरेको छ ।

२०८२ सालको एसईईमा महानगरका हरेक सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल एक एक जना विद्यार्थीलाई प्रतिष्ठानले सम्मानित गरेको हो । शनिबार वीरगन्जस्थित वीरगन्ज पब्लिक कलेजको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने,प्रतिष्ठानकी अध्यक्ष मुना खनाल र सल्लाहकार प्रकाश उपाध्यायले उत्कृष्ट जीपीएसहित उत्तीर्ण विद्यार्थीहरुलाई नगद १ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका हुन् ।

सम्मानित हुने विद्यार्थीहरूमा किरण कुमारी साह, रोशनी कुमारी डोमिन, रागनी कुमारी कानु, साहिल मियाँ, समिर कुमार कर्ण, अनुज्ञा श्रीवास्तव, सपना सोनार, निशा पटेल, अनिषा पण्डित, सुजाता कुशवाहा, अब्दुल अजिज, किरण कुमारी पटेल, सुरज कुमार, अंकिता कुमारी, कुमकुम कुमारी कुशवाहा, विद्या कुमारी, पूजा कुमारी पटेल, राजकरण ठाकुर लोहार, अञ्जली कुमारी, सादिया खातुन, महम्मद उमर फारूक र सन्दर्भ माली रहेका छन्।

कार्यक्रममा बोल्दै शिक्षा महाशाशखा प्रमुख लामिछानेले सामुदायिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेर शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको बताए। उनले विद्यार्थीहरूलाई प्राप्त सम्मानलाई प्रेरणाको रूपमा लिएर आगामी अध्ययनमा अझ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै उनले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढेमा विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

उनले विद्यार्थीहरूको प्रतिभा र उपलब्धिलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वाससमेत बढाउने बताए। महानगरपालिकाले गुणस्तरीय शिक्षाको विकास तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा यस्ता रचनात्मक गतिविधिमा सहकार्य गर्न महानगरपालिका सदैव तयार रहेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल,प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी,वरिष्ठ उपाध्यक्ष सुशिला साह,सचिव अशोक सङ्ग्रौला,लायन्स क्लबका राम बिहारी पाण्डे,मानवसेवा आश्रमका देवेश गुप्ता,एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा,सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलका सचिव श्रवण बहादुर रायमाझी,प्रभु रौनियार, रितेश गुप्ता,राजेन्द्र कोइराला, अभिलाष गुप्ता, लालबाबु सिंह लगायतकाको पनि सहभागिता रहेको थियो।

 

Related posts

एमालेका वडा अध्यक्षका प्रत्याशी खुर्रम आलम काँग्रेस प्रवेश, चौरसियाले गरे स्वागत

MadhesKhabar

मुस्लिम र थारुलाई मधेसीमा सिफारिस गरेपछि चर्को विरोध

MadhesKhabar

फेरियो वीरगन्जकाे मुहार

MadhesKhabar

Leave a Comment