Madhes Khabar
शिक्षा

विधालयमै रक्सी मासुको भोज गरेको विरोधमा नाराबाजी

मधेसखबर

वीरगन्ज,१६जेठ :विधालयमा कार्यरत  शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रम आयोजना गरेको थियो । बिदाई कार्यक्रम सकिए पछि सो विधालयमा कार्यरत शिक्षकहरूले  बिद्यालयमै मादक पदार्थ सेवन गरेको विधार्थी तथा अभिभावकहरूको गुनासो रहेको छ । विधालयमा पढ्न आएका विधार्थीहरूले विधालय क्षेत्र भित्र रक्सीको बोतल चारैतिर फालिएको बताए ।

विधालय जस्तो पवित्र स्थलमा रक्सी सहितको भोजभतेर गरि रहदा विधालयका प्रधानाध्यापक रामप्रकाश चौधरीले समेत रोक्न चाहेनन् । 

विधालयका प्रधानाध्यापक चौधरीले भने आफु व्यस्त रहेका ले यस विषयमा पछि कुरा गर्ने भन्दै पन्छिन खोजे। साभार:कृपा

विधालय भित्र नै रक्सी सेवन गरेको विषयलाई लिएर विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा विधालयबाट निष्काशन गरिदिने धम्की समेत दिएको विधार्थीहरूको भनाइ थियो । विधालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार साहसँग प्रतिक्रिया लिदाँ आफूहरू बिदाई कार्यक्रम सकिए लगत्तै कार्यक्रम स्थलबाट हिडिसकेको जानकारी दिए । विधार्थीहरूले नाराबाजी सहित बिरोध जनाएपछि बुझ्दै जादाँ शिक्षकहरूले थोरै थोरै रकम जम्मा गरी भोजभतेर गरेको जानकारी प्राप्त भएको उनले बताए । उनले विधालय भित्र गलत क्रियाकलाप भएको पाईएमा शिक्षकलाई कार्वाही गर्ने दिए । साभार:कृपा

Related posts

शिक्षकहरुको आन्दोलन फिर्ता, भोलिदेखि स्कुल खुल्ने

MadhesKhabar

नेपाल कमर्स एशोसिएसनकाे अध्यक्षमा वीरगन्जका डा. दिपेन्द्र चाैधरी

MadhesKhabar

भदौं दोस्रो हप्तादेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

MadhesKhabar

Leave a Comment