रौतहट, १३ जेठः रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई चन्द्रपुर नगरपालिकाको जुडिबेला स्थित पुर्व पश्चिम राजमार्गको पुर्वी लच्का नजिकै ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको भएको हो ।मृतक रौतहटकै चन्द्रपुर नगरपालिका—१ पौराई निवासी २६ बर्षीय शेख गुलाम रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बसका चालक मकवानपुरको गढी गांउपालिका ३ बस्ने अन्दाजी बर्ष ५९ का लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय चपुरमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए ।

