Madhes Khabar
राजनीति

प्रधानमन्त्री बालेन शाहले एक हप्ताभित्र संसदमा आएर प्रश्नको जवाफ दिने

काठमाडौं,१२जेठःप्रधानमन्त्री बालेन शाहले सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा निरन्तर आवाज उठाइरहेका छन् । प्रधानमन्त्रीलाई उपस्थित हुनका लागि सभामुख डीपी अर्यालले रुलिङ गर्नुपर्ने माग विपक्षी दलहरूको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गर्दै अवरोध गरेपछि स्थगित गर्नुपरेको थियो । विपक्षीहरूले निरन्तर अवरोध गरेपछि रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले सातादिनभित्र प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने जानकारी गराएका थिए । ’मैले प्रधानमन्त्रीको सचिवालयमा पनि कुराकानी गरे, यो बीचमा । यो संसद् वादविवाद भन्दा पनि सैद्धान्तिक छलफलबाटै निकास निकाल्नु पर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ,’ बुर्लाकोटीले भने, ’सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा प्रधानमन्त्री सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु ।’

सभामुख डीपी अर्यालले पनि प्रधानमन्त्री सदनमा आएर सांसदका प्रश्नको जवाफ दिन तयार रहेको जानकारी गराए । ’प्रधानमन्त्री सदनमा आएर सांसदको प्रश्नको उत्तर दिन तयार हुनुहुन्छ । उहाँ आउँदै हुनुहुन्छ,’ सभामुख अर्यालले भने, ’प्रधानमन्त्री छिट्टै सदनमा आएर सांसदका प्रश्नको जवाफ दिनुहुनेछ ।’ प्रधानमन्त्री संसदमा आउने पत्राचार लगायतका प्रक्रिया सम्पन्न गर्नुपर्ने र सांसदका प्रश्नको जवाफ दिने तयारी गर्नुपर्ने भएकाले ढिलाइ भएको सभामुखको तर्क थियो । ’सरकारको आफ्नो तयारी होला, प्रधानमन्त्रीको आफ्नो तयारी होला । तयारी भएपछि उहाँले मलाई समय दिनुहुन्छ, मिति दिनुहुन्छ,’ अर्यालले भने, ’जब मलाई मिति प्राप्त हुन्छ, त्यो मिति नै सार्वजनिक गर्छु । तर अहिले मलाई के प्राप्त भइरहेको छ त भन्दा छिट्टै सदनमा आउने र सदस्यहरूले उठाउने प्रश्नको जवाफ दिने । मैले त्यैं नैं जानकारी गराइरहेको छु ।’

Related posts

खानेपानी मन्त्री यादव र एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउडबीच भेटवार्ता

MadhesKhabar

परिवर्तनको प्रत्याभुती गराउने लोसपा उम्मेदवार रमेश कुर्मीको प्रतिबद्धता

MadhesKhabar

उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र ५८ सांसदका स्वकीय सचिवको पद खारेज

MadhesKhabar

Leave a Comment