Madhes Khabar
समाचार

कलैयाबाट वीरगन्ज आएर मोटरसाइकल चोर्ने युवक पक्राउ

वीरगन्ज,६जेठः वीरगन्जको एक पेट्रोलपम्पमा पार्किङ गरि राखिएको मोटरसाइकल चोरी गर्ने बाराका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ का २४ वर्षीय प्रेमकुमार पटेल रहेका छन् ।

मंगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर १२ स्थित मलिबन्धु पेट्रोलपम्पमा पार्किङ गरि राखिएको दिपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३३ प ८५१७ नम्बरको अपाची मोटरसाइकल चोरी भएको थियो ।

उक्त मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा पटेललाई प्रहरीको सहयोगमा स्थानीयबासीले पक्राउ गरेर प्रहरीकोमा जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चोरीको मोटरसाइकलसहित पक्राउ गरिएका पटेललाई प्रहरीको हिरासतमा राखेर उनिविरुद्ध चोरी सम्बन्धि कसूरमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

Related posts

रातारात वीरगन्ज आएर भारतीय प्रहरीले १ नेपालीलाई पक्रेर लग्याे,नेपाल प्रहरी बेखबर

MadhesKhabar

खानेपानी संस्थानको विनियमावली कार्यान्वयन गर्न कर्मचारीलाई मन्त्री यादवको निर्देशन

MadhesKhabar

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

MadhesKhabar

Leave a Comment