वीरगन्ज,५जेठः पर्साको छिपहरमाई गाँउपालिका वडा नम्बर ४ तुलसीबर्वास्थित खेतमा लकुाएर राखिएको ठूलो परिमाणमा रहेको लागू औषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । तुलसीबर्वा गाँउस्थित खेतमा गहुँको भुसभित्र लुकाएर राखिएको अवस्थामा ८७ केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
विशेष सुचनाको आधारमा भिस्वास्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) बाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालको नेतृत्वमा खटिएको टोलीले आइतबार राति करिब १० बजेतिर ओरिया खोला नजिक रहेको खेतमा गहुँको भुसले छोपेर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। उक्त गाँजा कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

