Madhes Khabar
खेलकुद

पर्सा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ ८ गतेदेखि

वीरगन्ज,५ जेठ : पर्सा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ ८ गतेदेखि आयोजना हुने भएको छ । उक्त प्रतियोगिता वीरगन्जको नारायणी रंगशालामा जेठ ८ देखि १० गतेसम्म सञ्चालन हुने पर्सा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

सोमबार बसेको पर्सा जिल्ला खेलकुद विकास समितिको बैठकले गरेको निर्णय अनुसार, ३ दिने उक्त प्रतियोगितामा जिल्लाका १४ वटै पालिकाका विद्यालयहरुले भाग लिने भएका छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो लगायतका खेलहरु समावेश हुनेछन् ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक साह कानुको अध्यक्षतामा बसेको वैठकमा पर्सा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख महमद नाजिर हुसेन ,पर्साका प्रहरी नायब उपरिक्षक राजु कार्की ,सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन राज निरौला , नेपाली सेनाको श्री जंग गण वीरगन्जका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की , नेपाल खेलकुद पत्रकार मन्च पर्साका अध्यक्ष तिवारी यादव, एथ्लेटिक्स प्रशिक्षक विश्वेसर पटेल लगायतकाको पनि सहभागीता रहेको थियो ।

Related posts

विश्वकप खेल्न लागेकाे नेपाली टिमलाई सन्दीप लामिछानेले दिए जितकाे शुभकामना

MadhesKhabar

मधेसको खेलकुद क्षेत्रले ठूलो क्षति व्यहोर्‍यो, अब भरपाई गर्नुपर्छ : खेलकुदमन्त्री जयसवाल

MadhesKhabar

दोस्रो परवानीपुर गोल्डकप फुटबलमा आयोजक क्लबकाे विजयी शुरुवात

MadhesKhabar

Leave a Comment