Madhes Khabar
मधेस प्रदेश

कुखुरा बोकेरै आन्दोलनमा उत्रिएका व्यवसायीले लगाए नारा : ‘किसानलाई सास्ती, तस्करलाई मस्ती’

रौतहट, ३१ वैशाख : रौतहटमा भारतबाट तस्करी गरी ल्याइएका कुखुरा र अण्डाले किसानदेखि व्यवसायीलाई मार परेको भन्दै आन्दोलन सुरु भएको छ ।

‘किसानलाई सास्ती, तस्करलाई मस्ती’ भन्ने नारासहित रौतहटको सदरमुकाम गौरमा जिल्ला कुखुरा व्यवसायी किसान संघका अध्यक्ष, उपाध्यक्ष, सचिव सहित पदाधिकारी तथा स्थानीय किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले हात हातमा कुखुरा बोकेर बजार क्षेत्र परिक्रमा गर्दै तस्करीविरुद्ध नाराबाजी गरेका थिए । भन्सार कार्यालय गौर र सुरक्षाकर्मी संघको साँठगाँठमा केही व्यापारी तथा तस्करहरूले भारतबाट सस्तो मूल्यमा कुखुरा, अण्डा,चल्ला र दाना तथा सम्बन्धित सामग्री ल्याई आफ्नै खोरमा राख्ने, त्यसपछि नेपाली उत्पादनको रूपमा बिल काटेर बजारमा बिक्री गर्ने गरेको आरोप उनिहरुले लगाएका छन् ।

जिल्ला कुखुरा व्यवसाय किसान संघ अध्यक्ष उमाशंकर साहका अनुसार १० पटक भन्दा बढी जिल्ला प्रशासन कार्यालय गौरलाई ज्ञापनपत्र बुझाएको भए पनि कुनै सुनुवाइ नभएको बताए । ‘हामीले रौतहट प्रशासन समक्ष बारम्बार आफ्ना समस्या राख्दै आयौ, तर सुनुवाही कहिल्यै भएन, अवैध गतिविधि नियन्त्रण नगरे किसान तथा साना व्यवसायी विस्थापित हुने खतरा बढ्दो छ, प्रशासनले मागबारे गम्भीरतापूर्वक छलफल गरी आवश्यक कदम चाल्नै पर्छ’, अध्यक्ष साहले भने, ‘उनीहरूले अनुगमन कडा बनाउन, तस्करी नियन्त्रण गर्न र स्वदेशी उत्पादनको संरक्षणको दायित्व सरकारको भएपनी कुखुरा किशान ऋणमा डुब्दा समेत सरकारले वेवास्ता गरेको छ ।’

जिल्ला कुखुरा व्यवसायी किसान संघका सचिव राधेश्याम साहले रौतहट जिल्ला कुखुरा तस्करीको ‘हब’ बन्दै गएको बताए । ‘तस्करीका कारण यहाँका किसानहरू निरन्तर मारमा परिरहेका छन्, ऋण लिएर कुखुरा पाल्दा बजारमा दाम कमी हुने गरेको छ, जसले किसानलाई निरन्तर घाटा हुँदै आएको छ भने तस्करहरु मालामाल हुने गरेका छन्, यो नियन्त्रण गर्ने जिम्मेवारी प्रशासनको हो’, उनले भने । रौतहटमा लामो समयदेखि भारतबाट तस्करी गरेर ल्याइएका कुखुराका कारण यहाँका किसान पीडित बन्न बाध्य छन् ।साभारःअन्नपूर्णपोष्ट

Related posts

संघले अधिकार दिन कञ्जुस्याईं गर्यो : मुख्यमन्त्री राउत

MadhesKhabar

मधेसवादका प्रनेता गजेन्द्र नारायण सिंहको पुण्य तिथीमा श्रद्धान्जलीसभा र वृक्षारोपण

MadhesKhabar

मधेस सरकारले १ हजार ८१ सहिद परिवारकाे स्वास्थ्य बिमा गर्ने

MadhesKhabar

Leave a Comment