Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार : एमालेलाई ४, नेकपालाई १ मन्त्रालय

जनकपुर, १२ जेठःसत्ता गठबन्धन गरेका ३ दलबीच सहमति जुटेपछि मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ ।

मंगलबार साँझ विस्तार गरिएको मन्त्रिपरिषद्मा नेकपा एमालेलाई ४ वटा मन्त्रालय र नेकपालाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार एमालेलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय दिइएको छ । एमालेबाट शारदा थापालाई श्रम तथा यातायात, मनोज सिंहलाई शिक्षा तथा संस्कृति, लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र मोहम्मद समिरलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै, नेकपाबाट संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।नेकपाले यसअघि नै ३ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले कांग्रेसको जिम्मामा रहेको स्वास्थ्य मन्त्रालयका मन्त्री जंगीलाल राईलाई हटाएर त्यो ठाउँमा कांग्रेसकै सांसद नागेन्द्र साहलाई स्वास्थ्यमन्त्री बनाएका छन् ।मंगलबार साँझ नै सबै नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् ।साभारःकान्तिपुर

Related posts

मधेस सरकारबाट एमालेपनि बाहिरियाे, अब ढल्ने भयाे जसपा नेपालकाे सरकार

MadhesKhabar

पर्सा २ मा काँग्रेसका चौरसियाको सान्दार जित

MadhesKhabar

रौतहटमा गोली चल्यो , एक जनाको मृत्यु , तीन घाइते

MadhesKhabar

Leave a Comment