Madhes Khabar
स्वास्थ्य हेडलाइन

`जनताको घरदैलोमा डाक्टर´ नाराका साथ ठाेरीमा नि:शुल्क स्वास्थ्य शिविर: २ सय ५० बढी लाभान्वित

वीरगन्ज,१९वैशाख:पर्साकाे ठोरी गाउँपालिका वडा नम्बर १ मा शनिबार “जनताको घरदैलोमा डाक्टर” नाराका साथ नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

 

प्रभु हस्पिटल वीरगन्जको सहकार्यमा नागरिक समाज ठोरीले आयाेजना गरेको उक्त शिविरबाट १५९ महिला र १०० पुरुष गरी कूल २५९ जना लाभान्वित भएका छन्।शिविरमा नि:शुल्क ओैषधिपनि वितरण गरिएको थियाे।

 

आर्थिक रुपमा बिपन्न बिरामहरुलाई लक्षित गरेर उनिहरुकाे आफ्नै गाँउघरमा उपचार सेवा दिने उदेश्यले उक्त शिविर आयाेजना गरिएको आयाेजकले जनाएको छ।

स्थानीय सन्तोष श्रेष्ठको समन्वय र सांसद टेक बहादुर शाक्यकाे प्रमुख आतिथ्यतामा भएको शिविरमा प्रभु हस्पिटल वीरगन्जका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रयास तिमल्सिना एवं डा सुरुची श्रेष्ठले सेवा दिएका थिए ।

 

शिविर संयाेजक दिलिप राज कार्कीले प्रभु हस्पिटलले व्यवसायिक रुपमा मात्र नभई सेवा मुखी हुने गरि जनतासंग हातेमालो गर्नु पर्छ भनेर यस्ता कार्यक्रमको आयोजना गरिरहेको बताए ।बिकट र दुर्गम क्षेत्रमा हस्पिटल र नगरिक अगुवाले शिविर आयोजना गरेकोमा धन्यवाद दिदै ठाेरी गाँउपालिकाकी उपाध्यक्ष गाेकुली रेग्मीले आवश्यक सहयाेग र समन्वय गर्ने प्रतिबद्धता जनाइन्।

Related posts

डाक्टरहरुको आन्दोलन स्थगित

MadhesKhabar

रवि लामिछानेले भने : मेरो विरुद्ध मिडियाहरु लागे , अदालतलाई प्रभावित पारे

MadhesKhabar

पर्साको निचुटामा ५ महिला सहित ४६ जनाद्धारा रक्तदान

MadhesKhabar

Leave a Comment