Madhes Khabar
स्वास्थ्य हेडलाइन

ठोरी अस्पतालको भवन अधुरै छाडेको ठेकेदारले भुक्तानी लिइसकेको खुलासा,अख्तियारद्धारा छानबिन सुरु

वीरगन्ज,१५ असोजः पर्साको ठोरी गाँउपालिका वडा नम्बर १ गौतमनगरमा ठोरी अस्पतालको भवन निर्माण नहुदैं निर्माण कम्पनि (ठेकेदार) लाई गाँउपालिकाको कार्यालय भुक्तानी दिएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबनि थालेको छ ।

दुई दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले निर्माणाधिा अस्पतालको स्थलगत निरीक्षण गरेको थियो । त्यसलगत्तै गाँउपालिकाको कार्यालयमै पुगेर अख्तियारको टोलीले अस्पताल निर्माणसम्बन्धि सम्पूर्ण कागजातसहितको फाइल नियन्त्रणमा लिएर गएको प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरीले जानकारी दिए । अनुसन्धानका लागि अख्तियारको टोलीले फाइल लिएर गएको उनले बताए ।

ठोरी–१ गौतमनगरमा १५ शैयाको ठोरी अस्पतालको भवन निर्माणका लागि ठोरी गाँउपालिकाको कार्यालय र राजेन्द्र निर्माण सेवा प्रालि डडेल्धुराबीच २०७८ साल बैशाख २१ गते सम्झौता भएको थियो ।उक्त भवन १७ करोड ४२ लाख रुपैयामा निर्माण गरी गाँउपालिकालाई हस्तान्तरण गर्ने गरी ठेकेदार कम्पनिले साकार गरेको सम्झौतापत्रमा उल्लेख गरिएको थियो ।

तर सम्झौता अवधिभित्र काम नसकिएपछि फेरि दुवै पक्षबीचको सम्झौतामा निर्माण समयावधि २०८२ फागुन ३ गतेसम्मका लागि थपिएको थियो ।तर अहिलेसम्म पनि भवन निर्माणको काम ठेकेदार कम्पनिले पुरा गरेको छैन ।हालसम्म भवन निर्माणको काम करिब ७० प्रतिशतमात्रै सकिएको अवस्था छ ।भवन निर्माणको काम नसकिएको भएपनि गाँउपालिकाको कार्यालयले उक्त ठेकेदार कम्पनिलाई १५ करोड ६० लाख रुपैयाँ भने भुक्तानी गरिसकेको खुलासा पनि भएको छ ।

यसबारेमा उजुरी परेपछि अख्तियारले अस्पताल भवन निर्माणसम्बन्धि सबै फाइल गाँउपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

यता गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले भने २०८२ फागुन ३ गतेभित्रै भवनको काम सकेर गाँउपालिकालाई हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको भएपनि भवन अझै अधुरो नै रहेको बताए । उनले भवन निर्माणको ठेक्का सकारेको ठेकेदारले भवन अलपत्र पारेर छाडेको बताए । भवन निर्माणको काम अलपत्र पारेर ठेकेदार पक्ष सम्पर्क बिहिन रहेको उनले बताए ।

Related posts

एमाले प्रतिनिधि छनोट : बारामा संस्थापन समूह हाबी, संस्थापन इतरका ६ जना मात्रै

MadhesKhabar

१०३ प्रकारका एन्टिबायोटिक औषधि प्रयोग नगर्न सरकारको निर्देशन (सूचीसहित)

MadhesKhabar

सिके राउत सरकारमा सहभागी हुने, मधेसमा कांग्रेसलाई सघाउने

MadhesKhabar

Leave a Comment