Madhes Khabar
राजनीति

जलेश्वरमा रास्वपाकै कार्यकर्ताहरुले लगाए नारा : ‘अमरेश सिंह मुर्दावाद’

जनकपुरधाम,३०चैत:महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् ।

स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरू रुष्ट बनेका हुन् । उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । बैठक कक्षमै प्रवेश गर्न खोजेका नेता कार्यकर्तालाई भने प्रहरीले रोकेको छ ।

रास्वपाका स्थानीय कार्यकर्ता प्रकाश पाठक लगायत स्थानीय रास्वपाका कार्यकर्ताहरु विरोध प्रदर्शनमा रहेका थिए । सिंह सर्लाही-४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जलेश्वर महोत्तरी क्षेत्र नं. ३ पर्छ । यहाँबाट रास्वपाका उज्वल झा निर्वाचित छन् ।साभार:अनलाइनखबर

Related posts

बालेन र सुदनलाई पक्राउ गरेर कारबाहीको माग गर्दै पर्सामा पनि युवा संघले प्रहरीमा दियो जाहेरी

MadhesKhabar

खानेपानी मन्त्री यादवको प्रमुख राजनीतिक सल्लाहकारमा बाराका गुप्ता नियुक्त

MadhesKhabar

जसपा नेपाल पर्सागढीको सम्पूर्ण कमिटी जसपामा प्रवेश,उपमहासचिव यादवले गरे स्वागत

MadhesKhabar

Leave a Comment