वीरगन्ज,५चैतः जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुदीप्राज पाठक पुरस्कृत भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उत्कृष्ट काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी उपरीक्षक पाठकलाई पुरस्कृत गरेको हो ।
पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन भयरहित तथा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउँदै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पाठकलाई पुरस्कृत गरिएको हो ।
प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले एआइजिपीदेखि प्रहरी जवानसम्मका कुल ६९ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेका हुन् ।

