Madhes Khabar
समाचार

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा वीरगन्जका पत्रकारहरुसंग अन्तरकृया

मधेसखबर
वीरगन्ज,३० जेठ : वीरगन्जमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा जानकारी दिने उदेश्यले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत सोमबार यहाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।‘स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर सीप सिकेर मात्रै जाऔँ’ भन्ने सन्देश प्रवाह गर्न पत्रकारहरुसंग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।
पछिल्लो समयमा बढ्दै गरेको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि नेपाल सरकारले नै थालेको सामी परियोजना पर्साको वीरगन्ज महानगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकामा सन्चालित छ ।
सोमबारको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, वीरगन्ज महानगरपालिकाको आर्थिक विकास महाशाखाका रामदयाल प्रसाद यादवका साथै विभिन्न सन्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

Related posts

पोखरिया–९ का विभिन्न टोलमा एमाले उम्मेदवार रुपेश पाण्डेको घरदैलो अभियान

MadhesKhabar

वीरगन्जबाट चाेरी भएकाे बस भिस्वामा फेला पर्याे

MadhesKhabar

मौन अवधीमा हुन सक्ने चलखेल रोक्न संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय-प्रजिअ दाहाल

MadhesKhabar

Leave a Comment