वीरगन्ज,६फागुनःपर्साको धोबिनी गाँउपालिका वडा नम्बर ३ हरिहरपुरमा बुधबार नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । पर्सा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालको समर्थनमा अगुवा कार्यकर्ता भेला सम्पन्न भउको हो ।
उक्त भेलामा सहभागी कांग्रेसका स्थानीय नेताकार्यकर्ताले फागुन २१ को निर्वाचनमा वडा नम्बर ३ का हरेक घरमा पुगेर मतदातालाई भेटेर कांग्रेसले देशका लागि गरेको योगदान र पूर्वमन्त्री रिजालले क्षेत्रको विकासका लागि गरेका कामका बारे प्रचार गरेर कांग्रेसका लागि मत माग्नुपर्नेमा जोड दिए । उनिहरुले पर्सा–४ मा यसपालि पुनः कांग्रेसलाई अत्याधिक मतका साथ जिताउन सबै नेताकार्यकर्ता एकजुट भएर लाग्ने प्रतिबद्धतापनि जनाए ।
भेलामा कांग्रेस महासमिति सदस्य बशिष्ठनारायण कुर्मी , श्यामकिशोर कुर्मी, जिल्ला सदस्य तथा प्रचार प्रसार प्रमुख धर्मेन्द्र कुमार पटेल,वडाध्यक्ष राजकिशोर कुर्मी, बुथ सभापति वासुदेव तिवारी लगायतकाको सहभागिता थियो ।

