Madhes Khabar
राजनीति

पर्सा–३ का मतदातासंग एमाले उम्मेदवार पाण्डेयको वाचा : अरु जस्तो झुटो कुरा गर्दिन, जे गर्नसक्छु त्यहि बोल्छु


वीरगंज ६ ,फागुन :पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत कटैया र गुलवरिया क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार रूपेश पाण्डेयले घरदैलो कार्यक्रम गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार पाण्डेयले आफू , अरू जस्तो नहुने र नगर्ने कामको झुटो आश्वासन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनताको आवश्यकता र हितका लागि विकासका सम्पूर्ण कार्यहरू विजयी भएपछि पूरा गर्ने अठोट लिएको बताएका छन्।

पाण्डेयले स्थानीय मतदातालाई अरूको झुटो आश्वासनमा नपर्न आग्रह गर्दै आफू विजयी भएपछी स्वच्छ र स्पष्ट भिजनसहित जनताको सेवा गर्ने अवसर दिने विश्वास व्यक्त गरेका छन्। साथै, क्षेत्र नम्बर ३ का जनताले आफूलाई मतदान गरी विजयी बनाउनेमा पूर्ण विश्वास रहेको पनि उनले बताए।

घरदैलो कार्यक्रममा पूर्वमन्त्री तथा एमालेका नेता प्रमोद जैसवाल लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Related posts

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न सांसद यादवकाे माग

MadhesKhabar

चौरसियालाई जिताउन पर्सागढीको मेयरका प्रत्याशी मानन्धरसहितका नेताहरु कांग्रेसमा प्रवेश

MadhesKhabar

पर्सा ४ मा काँग्रेसका रिजाल र चाैधरीलाई जिताउन विभिन्न समितिहरु गठन

MadhesKhabar

Leave a Comment