Madhes Khabar
समाचार हेडलाइन

छपकैयामा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न

वीरगंज,३ फागुन:वीरगंज महानगरपालिका वडा नं. ३ छपकैया क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर–२ अन्तर्गत अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार अजय कुमार चौरसियाले नेपाली कांग्रेसले देश बचाउन तथा जनताको हकहितका लागि अहिलेसम्म खेलेको भूमिकाको चर्चा गर्दै अब जनताको पालो आएको बताए। उनले जनताले नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउनुपर्ने आग्रह गरे।

चौरसियाले स्थानीय विकासका लागि समाजका सच्चा सिपाही र निरन्तर विकासमा लाग्ने व्यक्तिलाई प्रतिनिधि चयन गर्नुपर्ने उल्लेख गर्दै क्षेत्र नम्बर–२ लगायत पर्साको चार वटा नै छेत्रमा नेपाली कांग्रेसलाई जिताउन अपिल गरे।

उनले सामाजिक, आर्थिक, सांस्कृतिक लगायत समग्र विकासका लागि कांग्रेसको जित आवश्यक रहेको धारणा राखे कार्यक्रममा छपकैया क्षेत्रका स्थानीयवासीहरूले उम्मेदवार चौरसियालाई उत्साहपूर्ण स्वागत गर्दै समर्थन जनाएका थिए।

भेलामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पुर्व मन्त्री ओम प्रकाश शर्मा,नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामरुप कुर्मी, नेता तथा कार्यकर्ताहरु सतार मियाँ, अनवर हुसेन, मोहम्मद शहाबुद्दिन, सोइल अख्तर, दीपक शाह लगायतको उपस्थिति रहेको थियो।

Related posts

पर्सामा गाँजा खेती प्रहरीले नस्ट गर्छ, तर गाँजा राेप्नेहरु पक्राउ पर्दैनन्

MadhesKhabar

वीरगन्जमा गायन रियालिटी शो ‘वीरगन्ज आइडल’ हुँदै

MadhesKhabar

सरकारले नै वीरगन्ज कृषि औजार कारखाना चलाउन चाहेकाे छैन : सांसद यादव

MadhesKhabar

Leave a Comment