Madhes Khabar
राजनीति

चुनावी गठबन्धन गर्दैनौं : कांग्रेस

काठमाडौं,२२माघःनेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् ।पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै उनले चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताए ।

‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् । चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ,’ उनले भने, ‘हामी दृढतापूर्वक प्रचारमा लागेका छौं । सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको पनि उनले बताए ।

Related posts

सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : भीम रावल

MadhesKhabar

प्रदेशसभाको प्रत्यक्ष तर्फको ३३० मध्ये १११ सिट जित्दै कांग्रेस पहिलो दल

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डले तेस्राेपटक पाए विश्वासको मत

MadhesKhabar

Leave a Comment