
मधेसखबर
वीरगन्ज,१८ कार्तिक : पर्सा क्षेत्र नम्बर १ (ख)का महिला मतदाताहरुले यहि क्षेत्रबाट जितेर मुख्ख्यमन्त्री बनेका लालबाबु राउतले क्षेत्रका लागि केहि नगरेकाले यसपालिकाको निर्वाचनमा आफुहरुले उनलाइ नचिन्ने बताएका छन् ।
पर्सा १ (ख) का सत्तागठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले शुक्रबार वीरगन्ज महानगरपालिका वडा नम्बर ८७ मा अगुवा मलिाहरुसंग साक्षत्कार गरेका थिए । त्यहि कार्यक्रममा सहभागी महिला मतदाताहरुले यसपालिको निर्वाचनमा आफुहरुले मुख्यमन्त्री राउतलाई नचिन्ने र विकल्पमा काँग्रेस उम्मेदवार कुर्मीलाई मतदान गर्ने घोषणा गरे ।
उनिहरुले क्षेत्रमा खासगरि महिलाका अनेकन समस्या रहेपनि पाँच वर्षको कार्यालयमा मुख्यमन्त्री राउतले कहिल्यै पनि सुनुवाइ नगरेकाले समस्याहरु ज्यूँ का त्यूँ नै रहेको बताए । त्यसका कारण यसपालि काम गर्न सक्ने र जनताको माझमा रहने उम्मेदवार कुर्मीलाई नै जिताउने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै काँग्रेस उम्मेदवार कुर्मीले आफु पदमा रहे पनि नरहेपनि क्षेत्रमै रहने र जनताकै माझमा रहेर दुखसुख बाड्ने वाचा गरे । उनले जनताले चुनेर प्रदेशसभामा पठाए सबै भन्दा पहिले महिलाका जीवनस्तरसंग जोडिएका समस्याहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाए । यसका साथै युवालाई रोजगारी आफनो प्रमुख एजेण्डा भएको भन्दै कुर्मीले क्षेत्रमा एउटा सुविधासम्पन्न प्राविधीक क्याम्पस स्थापना गर्ने प्रतिबद्धता जनाए । साथै हरेक वडामा रहेका सरकारी विधालय र सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नत्ती गर्ने वाचा पनि उनले गरे ।
कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , नेतृ किरण सरकार , वडा अध्यक्ष हिराकाजी महर्जन , युवा नेता दिलिपराज कार्की लगायतको पनि सहभागीता थियो ।

