Madhes Khabar
राजनीति

माओवादी केन्द्र छाडेका नेता शर्मा जसपामा प्रवेश

वीरगन्ज,९बैशाख:नेकपा माओवादी केन्द्र छाडेका नेता रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आइतबार आयाेजित कार्यक्रममा शर्मा र उनकी पत्नि इन्दु शर्मासहितका नेता/कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।शर्माले गत चैत ८ गते माओवादी केन्द्र परित्याग गरेका थिए ।

कार्यक्रममा जसपाका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेता शर्मा लगायत नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए।

१५ बर्षपहिले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका शर्मा तमलोपा, नयाँशक्ति पार्टी हुँदै माओवादी केन्द्रमा पुगेका थिए ।

Related posts

जित सुनिश्चित भन्दै रामनारायण कुर्मीलाई मतदाताले लगाइ दिए विजयको टिका

MadhesKhabar

माओवादी छाडेर रास्वपामा प्रवेश गरेका प्रदेश सांसद रहबरले दिए राजीनामा

MadhesKhabar

रास्वपाले अदालतलाई नै प्रभावित पार्न खाेज्याे : कानूनमन्त्री चाैरसिया

MadhesKhabar

Leave a Comment