Madhes Khabar
राजनीति

जसपा नेपालकाे वीरगन्ज महानगर अध्यक्षमा गुप्ता सर्वसम्मत चयन

वीरगन्ज,२८चैत: जनता समाजवादी पार्टी(जसवा) नेपालको प्रथम वीरगन्ज महानगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेकाे छ।बिहीबार सम्पन्न प्रथम अधिवेशनले जसपा नेपालकाे वीरगन्ज महानगर अध्यक्षमा घनश्याम बाबू गुप्तालाई सर्वसम्मत चयन गरेको हाे।अधिवेशनले गुप्ताको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे।

यसैगरी महानगर उपाध्यक्षमा परबेज अहमद र विजय यादव,सचिवमा अरमान हवारी,उपसचिवमा जलालुदिन अन्सारी र प्रेम पटेल तथा कोषाध्यक्षमा समिउल्लाह अन्सारीपनि सर्वसम्मत चयन भएका छन्।

जसपा नेपालकाे वीरगन्ज महानगरका निवर्तमान अध्यक्ष निरञ्जन पटेलकाे अध्यक्षता तथा जसपा नेपालका महासचिव तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतकाे प्रमुख आतिथ्यतामा भएको अधिवेशनकाे उद्घाटन सत्रमा जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतका नेताहरुपनि सहभागी थिए।

Related posts

पर्सामा ११८ उम्मेदवारको जमानत जफत

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगन्जमा बोलाएर नागरिक अभिनन्दन गरिने

MadhesKhabar

उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा

MadhesKhabar

Leave a Comment