Madhes Khabar
राजनीति

वीरगन्जमा कांग्रेस निकट महिला संघको बैठक सम्पन्न

वीरगन्ज,१४माघःवीरगन्जमा बुधबार नेपाल महिला संघ पर्साको बैठक सम्पन्न भएको छ । पर्सा–२ का कांग्रेस उम्मेदवार अनिल रुंगटाकाको चुनावी सम्पर्क कार्यालयमा बसेको बैठकले आगामी निर्वाचनमा पर्सा–१ मा कांग्रेस र कांग्रेसका उम्मेदवार रुंगटालाई जिताउने बारेमा व्यापक छलफल गरिएको संघकी सभापति किरण शर्माले जानकारी दिइन् ।

शर्माकै अध्यक्षता तथा कांग्रेस उम्मेदवार रुंगटाको प्रमुख आतिथ्यतामा भएको बैठकमा राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलाहरू नेपाली कांग्रेसको मेरुदण्ड भएको उल्लेख गर्दै पार्टी निर्माणमा महिला संघले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको संरक्षणका लागि महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा महिला संघलाई अझ संगठित, सशक्त र क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिए।

कांग्रेसका क्षेत्रीय सभापति अरबिन्द गुप्ताले पार्टी संगठन विस्तारमा महिला संघको योगदान उल्लेखनीय रहेको बताए। उनले आगामी निर्वाचनमा एकताबद्ध भएर कांग्रेसका उम्मेदवार रुंगटालाई विजयी बनाउन सबै कार्यकर्तालाई आह्वान गरे ।

बैठकमा उम्मेदवार रुंगटाले महिला संघको सशक्त भूमिकाले मात्र पार्टीलाई निर्वाचनमा सफलता दिलाउन सक्ने धारणा व्यक्त गरे। उनले महिलाको हक–अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए।

बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवान, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, पूर्व कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंह,नेता प्रकाश उपाध्याय, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार लगायतकाकोपनि सहभागिता थियो।

 

Related posts

किसान श्रेष्ठकाे घर जलाउने धम्की नदिएकाे जेनजी अगुवा सुदन गुरुङको दाबी

MadhesKhabar

पर्साकाे छिपहरमाईमा कांग्रेस र जसपाका २५० बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

MadhesKhabar

वर्तमान सरकार ५ वर्षसम्मै टिक्छ : उद्योगमन्त्री रिजाल

MadhesKhabar

Leave a Comment