Madhes Khabar
राजनीति

बालेन प्रधानमन्त्री नबने जनकपुरमै आत्मदाह गर्छु : अमरेश सिंह

काठमाडौं,५माघ:राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् ।

बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने उनले चेतावनी समेत दिएका छन् ।

‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्‍याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्छा देखाउँदै भोट मागे ।

 

‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेसलाई प्रधानमन्त्री देऊ,’ आक्रामक भाषण गरेका सिंहले भने ।साभार:अनलाइनखबर

Related posts

नेपालमा अहिले लोकतन्त्र होइन,नेताहरुको लुटतन्त्र छ : पूर्वमन्त्री प्रभु साह

MadhesKhabar

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

MadhesKhabar

मधेस प्रदेशका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

MadhesKhabar

Leave a Comment