Madhes Khabar
राजनीति

देउवा पक्षले निर्वाचन आयोगमा बुझायो ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी

काठमाडौं,२माघ: नेपाली कांग्रेसकाे शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनका सन्दर्भमा ८ सय भन्दा बढि महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

 

शुक्रबार आयोग पुगेर देउवा समूहले ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका हाे । आफ्नो दावीसहितको बिबरण बुझाउँदै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका थिए । खड्काले दल विभाजनका सन्दर्भमा आयोगका विगतका निर्णय र नजिर विपरीत कांग्रेस आधिकारिकताको टुङ्गो लगाएमा त्यो मान्य नहुने स्पष्ट पारे।

त्यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक पद्धतिअनुसार पार्टी आधिकारिकताको निर्णय हुने विश्वास व्यक्त गर्दै सिङ्गो केन्द्रीय समिति उपस्थित भएर अनुरोध गरेको जानकारी गराए। उनले कांग्रेसको विवादबारे आधिकारिकता निर्णय पनि सोही आधारमा हुने बताए।

 

देउवा समूहको दस्ताबेज बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भण्डारीले विधि र पद्धतिमा रहेर आयोगले निर्णय गर्ने भन्दै निर्वाचनका सबै कार्यक्रममा सक्रिय सहभागिताका लागि पनि आग्रह गरे।

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित देउवा समूह निर्वाचन आयोग पुगेको हो । यसअघि गगन समूहले विशेष महाविधेशनबाट भएका निर्णयसहितको दस्तावेज आयोगमा बुझाएको थियो । आयोगले अब दुवै पक्षको निर्णयसहितको दस्तावेजमाथि अनुसन्धान थाल्नेछन्। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

बिश्रामपुरमा जसपा–एमालेको सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

बालेन शाह चुनिए रास्वपा संसदीय दलकाे नेता

MadhesKhabar

पर्साबाट एमालेले गर्यो २४ जनाको सिफारिस, पाण्डेयको नाममा कार्यकर्ताहरुकै विरोध

MadhesKhabar

Leave a Comment