काठमाडौं,३०पुसःनेपाली कांग्रेसको उपसभापति पदका लागि फरमुल्लाह मन्सुर उपसभापतिको उम्मेदवार बनेका छन् ।काठमाडौंमा जारी कांग्रेसको दोस्रो महाधिवेशनमा बुधबार मन्सुरले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी यसअघि सहमहामन्त्री थिए ।मन्सुर ,बारा क्षेत्र नम्बर ४ बाट २०५६ सालमा र बारा क्षेत्र नम्बर ३ बाट २०७० सालमा सांसदमा निर्वाचित भएका थिए ।

