Madhes Khabar
राजनीति

रास्वपा र कुलमानकाे उज्यालाे नेपाल पार्टीबीचकाे एकता १२ दिनमै भाँडियाे

फाइल तस्बिर ।

काठमाडौं,२६पुस: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बिचको पार्टी एकता आज (शनिबार) भाँडिएको छ । रास्वपाले एकता भाँडिनुको मुख्य कारण उनेपा संरक्षक कुलमान घिसिङले राखेका विभिन्न अडान रहेको दाबी गरेको छ ।

पुस १४ गते १२ दिनअघि सुरु भएको एकताको पहल विभिन्न चरणमा छलफल भए पनि अन्ततः दुई दल एक हुन नसकेपछि आ–आफ्नै ढङ्गले अघि बढ्ने तयारीमा लागेका छन् । रास्वपाको दाबी अनुसार उनेपाका संरक्षक कुलमान घिसिङले प्रधानमन्त्री सरहको पदसहित आफ्ना वरिष्ठ नेता, पदाधिकारी र सम्पूर्ण केन्द्रीय सदस्यलाई रास्वपामा समायोजन गर्नुपर्ने सर्त राखेका थिए ।

समानुपातिक उम्मेदवारलाई बन्दसूचीको पहिलो रोहमा राख्नुपर्ने कुलमान पक्षले अडान नछाडेपछि सहमति भाँडिएको रास्वपाले बताएको छ । रास्वपाका नेता गणेश पराजुलीले अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हुन नसकेको बताए ।

पराजुलीका अनुसार आफूहरूले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने उनेपा पक्षको मागमा रास्वपाले असहमति जनाएको हो । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पदाधिकारीमा अहिले भएकोमा थप तीन वटा पद दिनुपर्ने, वरिष्ठ उपसभापति कुलमानलाई दिनुपर्ने र थप एक महामन्त्री राखेर उनेपाको भागमा पार्नुपर्ने मागमा रास्वपाले सहमति जनाउन नसकेको हाे।

यसैबिच एकता भाँडिएपछि उज्यालो नेपालले केन्द्रीय समिति बैठकले कुलमानलाई अध्यक्ष घोषणा गरेको छ । विगतमा गरेको सहमति कार्यान्वयन र सम्झौताबाट दुवै पक्ष हटेपछि सहकार्य टुङ्गिएको दुवै पक्षले जनाएका छन् ।

रास्वपा र कुलमानबिच पुस १४ गते ७ बुँदे पार्टी एकता गर्ने लगायतका सहमति भएको थियो । तर, उक्त सहमतिअनुसार दुवै पक्ष नहिँडेपछि सहमति भाँडिएको हो । उनेपासँग भएको उक्त सहमति रास्वपाको शनिबारै बसेको केन्द्रीय सचिवालय बैठकले खारेज गरेको रास्वपाले जनाएको छ ।

मूल विषय भनेको सङ्घीयता, धर्मनिरपेक्षता र समावेशीका मुद्दा हुन् । यी मुद्दामा रास्वपा प्रस्ट हुन सकेन । अस्पष्टबिच पार्टीमा सँगै जान सकिएन,’ कुलमाननिकट गणेश घिसिङले भने,‘अरू विषय गौण हुन् ।’साभार:राताेपाटी

Related posts

पूर्व मुख्यमन्त्री गद्दीको आफ्नै वडामा जसपा नेपाललाई जम्मा ३९ मत

MadhesKhabar

पहाडबाट चुनाव जितेर देखाउने एक मधेसी युवाकाे अठाेट

MadhesKhabar

मधेसका कांग्रेसी कार्यकर्ता सामु सभापति देउवाको प्रतिबद्धता : ८४ को निर्वाचनमा गठबन्धन हुँदैन

MadhesKhabar

Leave a Comment