Madhes Khabar
राजनीति

पर्सा-३ काे प्रत्यक्ष उम्मेदवारमा जसपाबाट युवानेता जनार्दन यादवको एकल नाम सिफारिस

वीरगन्ज,२५ मंसिरः आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

जसअनुसार पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा युवा नेता जनार्दन प्रसाद यादवको एकल नाम सिफारिस गरिएको छ । बिहीबार वीरगन्जमा बसेको जिल्ला कार्य समितिको बैठकले यादवको एकल नाम सर्वसम्मतले सिफारिस गरेको हो ।जसपाका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका यादव २०६४ सालकाे पहिलाे संविधानसभा निर्वाचनमा पनि पर्सा३ बाटै प्रत्यक्षतर्फका उम्मेदवार थिए ।त्यसबेला तत्कालीन तमलाेपाबाट उम्मेदवार बनेका यादव ७ हजार ८०७ मतका साथ तेस्रो स्थानमा रहेका थिए ।

नेपाली कांग्रेसले भातृसंगठन नेबिसंघबाट राजनीति यात्रा थालेका यादव ठाकुरराम बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा पनि चुनाव लडेका थिए ।

Related posts

२८ वर्ष काँग्रेसको राजनीति गरेका वीरगन्जका नेता साह जसपा प्रवेश

MadhesKhabar

गठबन्धनका लागि एमालेसंग पनि कुरा भइरहेको छ : महन्थ ठाकुर

MadhesKhabar

पर्साका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (चार वटै क्षेत्रको सुची)

MadhesKhabar

Leave a Comment