वीरगन्ज,२५ मंसिरः आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
जसअनुसार पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा युवा नेता जनार्दन प्रसाद यादवको एकल नाम सिफारिस गरिएको छ । बिहीबार वीरगन्जमा बसेको जिल्ला कार्य समितिको बैठकले यादवको एकल नाम सर्वसम्मतले सिफारिस गरेको हो ।जसपाका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका यादव २०६४ सालकाे पहिलाे संविधानसभा निर्वाचनमा पनि पर्सा३ बाटै प्रत्यक्षतर्फका उम्मेदवार थिए ।त्यसबेला तत्कालीन तमलाेपाबाट उम्मेदवार बनेका यादव ७ हजार ८०७ मतका साथ तेस्रो स्थानमा रहेका थिए ।
नेपाली कांग्रेसले भातृसंगठन नेबिसंघबाट राजनीति यात्रा थालेका यादव ठाकुरराम बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा पनि चुनाव लडेका थिए ।

