Madhes Khabar
राजनीति

संविधान संशोधनको लागि मधेसका मुद्दा संकलन गर्न लोसपाले गठन गर्यो कार्यदल

काठमाडौं,२१भदौंः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान संशोधनका बारेमा अन्य दलहरुसंग छलफल गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

काठमाडौंमा बुधबार र बिहीबार गरी दुईदिन बसेको लोसपाको केन्द्रीय पदाधिकारी बैठकले लक्ष्मणलाल कर्ण संयोजक तथा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

संविधान संशोधनको लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाहरुको संकलन गर्दै मधेशी, थारू र अन्य उत्पीडीत जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको लागि’ कार्यदल बनाउने निर्णय गरिएको लोसपाले जनाएको छ । बैठकले केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय पनि गरेको छ । साधारण सदस्यताको लागि सदस्यता अभियान कार्तिक मसान्तसम्म चलाउने निर्णयपनि गरिएको लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले जानकारीदिए । उनका अनुसार बैठकले २०८२ बैशाख २६ गते महाधिवेशन गर्ने निर्णयपनि गरेको छ ।

मधेस प्रदेश लगायत अन्य जिल्लामा बालिनाली सुख्खाग्रस्त भएकोले किसानलाई अल्पकालीन र दिर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग गर्दै लोसपाले उखुँ किसानले सरकारबाट पाउनु पर्ने अनुदान रकम प्राप्त गर्न नसकेको प्रति सरकारको ध्यानाकर्षणपनि गराएको छ ।

 

Related posts

वीरगन्जमा १ सय भन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश

MadhesKhabar

तरुण दलकाे स्थापना दिवसमा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगन्जमा बोलाएर नागरिक अभिनन्दन गरिने

MadhesKhabar

Leave a Comment