Madhes Khabar
राजनीति

हरेक वडामा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउछु : प्रदीप यादव

मधेसखबर
वीरगन्ज , २९ कार्तिक : पर्सा क्षेत्र नम्बर १ का जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुले मङगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ मा पर्ने टेढा र जितपुर परसवामा घरदैलो गरेका छन् ।प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवसंगै दुवै दलका नेता कार्यकर्ताहरुले घरदैलो गरेका हुन् ।

घरदैलोका क्रममा मतदाताहरुलाई भेट्दै पूर्वमन्त्री समेत रहेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले महानगरका ग्रामीण वडामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने वाचा गरे । उनले भने ,‘ ‘गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता’ हो , यसलाई पुरा गर्न हरेक वाडमा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउनेछु , उपचारका लागि वीरगन्ज बजारकै अस्पतालमा धााउनु पर्ने छैन ।

उनले महानगरका ग्रामीण भेगका वडामा अझै पनि सर्वसुलभ उपचार गर्ने स्वास्थ्य संस्था नरहेको भन्दै सांसदमा जिते पछि हरेक वडामा सुविधा सम्पन्न सरकारी स्वास्थ्य संस्था बनाउने बताए । उनले भने ,‘ बिरामीलाई तत्कालै रेस्क्यू गर्न सबैको पहुँच हुने गरी हेल्पलाइन सहित एम्बुलेन्स सेवा हरेक वडामा हुन्छ ।

उनले स्वास्थ्यकाा साथै ग्रामीण वडामा रहेका सरकारी विधालयको स्तरोन्नत्ती पनि आफनो प्राथमिकतामा रहेको बताए ।जसपाका केन्द्रिय राजनीतिक समिति सदस्य समेत रहेका यादवले विगत पाँच वर्षको कार्यकालमा आफुले गरेका कामको मुल्यांकन गरेर मत दिन मतदाताहरुसंग आग्रह गरे । यादवले भने ,‘ अहिले चुनावमा धेरै नेताहरु भोट माग्न आइरहेका छन् , उनिहरु पटक पटक पदमा हुदा के के गरे ? म पहिलो पटक सांसद हुदा के के गरे ? तपाइहरुले त्यसको मुल्यांकन गरेर मात्र आफनो अमुल्य मत दिनु होला ।
चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता रहेको थियो ।

Related posts

चौरसिया र पटेललाई आशीर्वाद दिदै मतदाताले भने : जितेर लोकप्रिय काम गर्नु होला

MadhesKhabar

महिलाले अवसर पाए भने प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन् : मन्त्री यादव

MadhesKhabar

पर्साका एमाले नेताहरु एकजुट हुने हो भने एमालेलाई कसैले हल्लाउन पनि सक्दैन : उपमहासचिव ज्ञवाली

MadhesKhabar

Leave a Comment